जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ


१० असार २०७९, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको समस्यालाई सक्दो छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् ।

कामपाको ११औँ नगरसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिले जनताको मन जित्ने गरी नयाँ ढङ्गले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।

काठमाडौँ उपत्यका सांस्कृतिक सम्पदाको प्रतीक रहेकाले त्यसको संरक्षणमा अभिभावकत्व गर्नु कामपाको दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘देशको ठुलो र मुख्य कामपा रहेकाले अन्य स्थानीय तहलाई प्रेरणा मिल्ने गरी काम गर्नुपर्छ ।’ युवा जोशले मात्र विकास नहुने भन्दै उनले जोसमा होस पुर्‍याएर समय सुहाउँदो र आवश्यकताअनुसार जनतासँग सरोकार राख्ने विकासका काम गर्न मन्त्री श्रेष्ठले नगरसभाका सबै सदस्यलाई आग्रह गरे ।

कामपा उपप्रमुख सुनिता डङ्गोलले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब बढीको बजेट प्रस्तुत गरेका थिए । आज प्रस्तुत भएको बजेट माथि यही असार १७ गते शुक्रबार छलफल हुने कार्यतालिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस