काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध चोरी गर्ने गिरोहका ४ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध चोरी गर्ने गिरोहका ४ जना पक्राउ


१० असार २०७९, शुक्रबार


काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र शृङ्खलाबद्ध चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थानकोट बस्ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थली बस्ने ३९ वर्षीय विरबहादुर श्रेष्ठ, शैलुङगेश्वरी गाउँपालिका-८ घर भई खुसिबु बस्ने २६ वर्षीय सागर भन्ने पुन नारायण श्रेष्ठ र खोटाङको कोपिलागढी गाउँपालिका-२ घर भई टोखा ११ बस्ने ३१ वर्षीय सौराज गजमेर रहेका छन् ।

उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौँ पठाइएको
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट मोबाइल ५ थान, तिलहरी थान ५, सिक्री थान १, मङ्गलसूत्र ३ थान, रानीहार २ थान, औँठी १ थान, फुली १२ थान र टप १ जोर गरी जम्मा ५५९ ग्राम बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस