नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री सुकीलाई सारियो एकान्त कारावासमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री सुकीलाई सारियो एकान्त कारावासमा


९ असार २०७९, बिहिबार


काठमाडौँ । भ्रष्टाचारको आरोपमा म्यानमारको राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई एकान्त कारावासमा सारिएको छ ।

आपराधिक कानुन बमोजिम उनलाई बुधवारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मीन तुनले बताएका हुन् ।

सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुकीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो र पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।

लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुकीमाथि सैनिक सरकारले मतदानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत आरोप लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस