मन्त्री हेरफेर अब दिन होइन केही घण्टाभित्रै : खतिवडा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्री हेरफेर अब दिन होइन केही घण्टाभित्रै : खतिवडा


९ असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ ।

केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताए ।

उनले भने, ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस