नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्रीको प्रस्ताव « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्रीको प्रस्ताव


८ असार २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अघि बढाउने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राखेका छन् ।

बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयकसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेबारे छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । यसको केही प्रक्रियाहरु छ, त्यो पुरा गरेर चाँडै पेश हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस