धनगढीमा मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताले सरकारी गाडीका चाबी खोसे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनगढीमा मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताले सरकारी गाडीका चाबी खोसे


८ असार २०७९, बुधबार


धनगढी । नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घ नेपालले आज (बुधबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् ।

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चाबी खोसिदिएका छन् ।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडी र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा सङ्घ धनगढी नगर कमिटी संयोजक अविशेक नाथले बताए ।

नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस