युक्रेनले रुसी सङ्गीत र पुस्तकमाथि प्रतिबन्ध लगाउँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युक्रेनले रुसी सङ्गीत र पुस्तकमाथि प्रतिबन्ध लगाउँदै


६ असार २०७९, सोमबार


एजेन्सी । युक्रेनको संसद्ले रुसी पुस्तक र सङ्गीतमा प्रतिबन्ध लगाउने भएको छ । तर, प्रतिबन्ध सबै सङ्गीत र पुस्तकमा लागु हुने छैन ।

संसद्ले सोभियत सङ्घको युग पछिका कलाकारहरूले तयार पारेका रुसी सङ्गीत बजाउन र प्रदर्शन गर्न प्रतिबन्ध लगाउने विधेयकमा मतदान गरेको हो ।

तर, विधेयक पास हुनका लागि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले विधेयकमा हस्ताक्षर गर्नुपर्ने छ ।

यो विधेयकले सबै रुसी मिडियालाई पनि प्रतिबन्ध लगाउँदैन । सन् १९९१ मा सोभियत युनियन विघटन भएपछि रुसी नागरिकता लिएका कलाकारहरूको मात्रै कला प्रतिबन्ध लगाइने छ ।

संसद्ले पारित गर्ने तयारी गरेको प्रतिबन्ध सम्बन्धी अर्को कानुनमा सार्वजनिक स्थानमा रुसी भाषाका गीतहरू बजाउन नपाउने उल्लेख छ । यत्तिसम्मकी टिभी र रेडियोमा समेत बजाउन रोक लगाइने भएको छ ।

पुस्तकको हकमा भने लेखक रुसी पासपोर्ट त्यागेर युक्रेनको नागरिक बन्न तयार भए मात्रै किताब प्रकाशन दिने व्यवस्थासहितको नीति ल्याइएको छ ।

युक्रेनमा मात्रै नभएर रुस, बेलारुस र युक्रेनले कब्जा गरेका क्षेत्रहरूमासमेत प्रकाशन गरेर युक्रेनमा बेच्न नपाउने उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस