इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा यातायात व्यवसायीले गरे चक्काजाम « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा यातायात व्यवसायीले गरे चक्काजाम


६ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यवसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् ।

आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवंशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।

सम्बन्धित समाचार : पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोल १९९, डिजेल-मट्टितेल १९२

Tags :
प्रतिक्रिया दिनुहोस