सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन


५ असार २०७९, आइतबार


काठमाडौँ । श्रीलंकाका सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ। 

इन्धन अभाव खेपीरहेको श्रीलंका सराकरले दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड–१९को महामारीले गर्दा श्रीलंकाली वनता आर्थिक संकटमा छन्।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ ‘इन्धन आपूर्तिको सीमा, कमजोर सार्वजनिक यातायात प्रणाली र निजी सवारीसाधन चलाउन कठिन भएको हुँदा सोमबारबाट केही कर्मचारी मात्रै कार्यालयमा आएर काम गर्नू,’  

अति महत्वपूर्ण कामका कर्मचारीले भने कार्यालयमै जानुपर्ने सर्कुलरमा भनिएको छ। इन्धन संकटसँग जुध्न यसअघि सरकारले हप्ताको चार दिनमात्रै कार्यालय खोल्ने निर्णय गरेको थियो।  

Tags :
प्रतिक्रिया दिनुहोस