डोटी र रुकुममा नयाँ सिडिओ  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटी र रुकुममा नयाँ सिडिओ 


५ असार २०७९, आइतबार


काठमाडौँ । दुई जिल्ला प्रशासन कार्यालयमा नयाँ प्रमुख जिल्ला अधिकारी(प्रजिअ) पठाइएको छ । 

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटीको प्रजिअमा कल्पना श्रेष्ठ र रुकुम(पूर्व)मा तुलराज सुनुवारलाई खटाइएको हो ।

मन्त्रालय स्रोतका अनुसार रुकुम(पूर्व)का प्रजिअ कृष्ण बहादुर खड्काले उपचार गर्नुपर्ने भएकोले केही महिना बिदा लिएको र डोटीका प्रजिअ शङ्कर बहादुर विष्टले राजीनामा दिएसँगै रिक्त पदमा नयाँ प्रजिअ पठाएको हो । 

सहसचिव श्रेष्ठ केही दिन अघि मात्रै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा आएकी थिइन् भने सुनुवार अध्यागमन विभागमा कार्यरत थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस