गृहमन्त्री खाँण र माधव नेपालबिच भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री खाँण र माधव नेपालबिच भेटवार्ता


५ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाँणले भेटघाट गरेका छन् ।

एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए । अध्यक्ष नेपालसँग पार्टीका नेता सोमप्रसाद पाण्डे सहभागी थिए ।

भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाँणले सत्तारूढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेटेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस