अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल


५ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकमा हात हालाहाल भएको छ ।

केन्द्रीय समितिलाई पूर्णता दिँदा आफ्नो पक्षलाई बेवास्ता गरिएको भन्दै उपाध्यक्ष पवन कार्की पक्षले केन्द्रीय समितिको बैठक सुरु नहुँदै विरोधमा नाराबाजी गरेका थिए । त्यसपछि विवाद चर्किएर हात हालाहालको स्थिति सिर्जना भएको हो ।

अध्यक्ष पन्चा सिंहले बैठकमा कार्की पक्षले होहल्ला गरेपछि बाहिर निकाल्न प्रहरीको सहायता लिएको बताइन् । त्यसक्रममा कार्की पक्ष र अन्य नेताहरुबीच हात हालाहाल भएको हो ।

बैठकमा फ्याक्सन इन्चार्ज हितमान शाक्यको राजीनामा माग गर्दै नाराबाजी भएको थियो । असन्तुष्ट पक्षले शाक्यलाई कालोमोसो दल्न खोजेको थियो भने विधानविपरीत गर्न खोजेको भन्दै नेतृत्वविरुद्व चर्को नाराबाजी गरेको थियो । यो अखिलको तेस्रो विस्तारित बैठक हो ।

अध्यक्ष सिंहका अनुसार अहिले बैठक सुरु गर्ने तयारी छ । कार्की पक्षले केन्द्रीय समितिमा नरहेका ट्यापे, मुन्द्रेहरुलाई ल्याएर बैठकस्थलमा झै(झगडा गर्न खोजेको आरोप लगाइन् । उपाध्यक्ष जीपी मैनालीले केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा विवाद भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस