प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको महसुस भयो : सभापति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको महसुस भयो : सभापति


५ असार २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताएकी छन् ।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिको आजको बैठकमा उपस्थित हुन गत शुक्रबारको समितिको बैठकले प्रधानमन्त्रीलाई भनेको थियो । तर आज (आइतबार) बिहान अन्तिम समयमा प्रधानमन्त्रीले आफू आउन नभ्याउने जानकारी गराएका थिए ।

समिति सभापति खरेलले बिहान ८ बजे मात्रै प्रधानमन्त्री उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताइन् । ‘यो अपमान नै गरेको भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।

समितिमा नेपाली काँग्रेसका सांसदहरुले भने प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान गरेको भन्न नमिल्ने भन्दै बचाउ गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस