फ्रान्समा तापक्रम बढेपछि घर बाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फ्रान्समा तापक्रम बढेपछि घर बाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध


४ असार २०७९, शनिबार


काठमाडौँ । फ्रान्सका केही भागमा तापक्रममा उच्च बृद्धिसँगै ती क्षेत्रमा घर बाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ ।

बिहीबार, फ्रान्सका केही भागहरू वर्षको सुरुमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको थियो । ग्लोबल वार्मिङको कारण तीव्र गर्मीको अवधि लामो समयसम्म चल्ने वैज्ञानिकहरूले बताएका छन् ।

स्पेन, इटाली र बेलायतमा पनि उच्च तापक्रम बढिरहेको छ । ताप अन्त्य नभएसम्म गिरोन्डेमा सार्वजनिक कार्यक्रममा निषेध गरिएका अधिकारीहरूले बताएका छन् ।

वातानुकूलित नभएका ठाउँहरूमा घरभित्र गर्ने कार्यक्रमहरूमा पनि प्रतिबन्धित लगाइएको छ ।

फ्रान्सेली गृह मन्त्रालयले मानिसहरूलाई अत्यन्त सावधान रहन र घाममा बाहिर ननिस्कन चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस