मिस नेपालको ग्रान्ड फिनाले आज, ६ जना चिकित्सकसहित २४ सुन्दरी प्रतिस्पर्धामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मिस नेपालको ग्रान्ड फिनाले आज, ६ जना चिकित्सकसहित २४ सुन्दरी प्रतिस्पर्धामा


४ असार २०७९, शनिबार


काठमाडौँ । मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ ।

कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।

यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब-टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।

नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

फिनालेमा गीत तथा नृत्य प्रस्तुतिसमेत दिइने भएको छ । यसपटकको मिस नेपालमा अहिलेसम्मकै धेरै आवेदन परेको थियो । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको हो ।

पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत अडिसन आयोजना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस