शेरबहादुरजी जहिल्यै जालझेल र तिकडमबाट प्रधानमन्त्री बन्नुभएको हो : ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शेरबहादुरजी जहिल्यै जालझेल र तिकडमबाट प्रधानमन्त्री बन्नुभएको हो : ओली


३ असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा कहिले पनि फ्रेस निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री नभएको बताएका छन् ।

काठमाडौँमा आज (शुक्रबार) आयोजित एमालेको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवा जहिले पनि जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री भएको बताए ।

‘शेरबहादुरजी फ्रेस चुनाव जितेर कहिले पनि प्रधानमन्त्री हुनु भएको छैन । पार्टीभित्रको जालझेल वा संसद्‌भित्रको जालझेल वा अदालतमा पुगेर गरिने जालझेल होस् । जालझेल र तिकडमबाट मात्रै शेरबहादुरजी अहिलेसम्म प्रधानमन्त्री हुनु भएको छ’, अध्यक्ष ओ‌लीले भने, ‘२०५२ भदौ १२ गते एमालेको लोकप्रिय सरकारविरुद्धको अदालतको फैसलामा पनि शेरबहादुर देउवालाई जिताइएको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस