पुँजी बजार तथा वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न कार्यदल गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पुँजी बजार तथा वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न कार्यदल गठन


२ असार २०७९, बिहिबार


काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् ।

यस्तै राष्ट्र बैंक अर्का एक जना सदस्य पनि समितिमा रहनेछन् । कार्यदलको सदस्यसचिव बोर्डकै एकजना सदस्य रहनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस