सेवाग्राहीको चाप बढेपछि जाजरकोट जिल्ला प्रशासनमा बिहान ८ बजेदेखि नै सेवा सुचारु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेवाग्राहीको चाप बढेपछि जाजरकोट जिल्ला प्रशासनमा बिहान ८ बजेदेखि नै सेवा सुचारु


२ असार २०७९, बिहिबार


सुर्खेत । सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।

यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस