बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभा बैठक राज्यमन्त्री प्रकरणका कारण स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभा बैठक राज्यमन्त्री प्रकरणका कारण स्थगित


१ असार २०७९, बुधबार


बुटवल । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।

सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस