घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध


१ असार २०७९, बुधबार


मुग्लिन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस