त्रिभुवन विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिभुवन विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ


१ असार २०७९, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् ।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्योण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई हिजो (मंगलबार) साँझ प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिएर आएको झोला ह्यालण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको विमानस्थलले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस