२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा सुख्खा बन्दरगाह अध्ययन सुरु

अ+ अ-

काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका-५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । काठमाडौँबाट गएको टोलीले नाम्खा ५ को यारी पुगेर स्थलगत रूपमा सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

छिमेकी देश चीनसँग जोडिएको हुम्लाको यारीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुरु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । प्रजिअ परियारका अनुसार चालु आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको बताइन्।

सम्भाव्यता अध्ययनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनौट गरी सम्झौता गरेको प्रजिअ परियारको भनाइ छ ।

लिमिटेडसँगको सम्झौतासँगै दुई सदस्यीय अध्ययन टोली हुम्ला पुगेर स्थलगत रूपमा अध्ययन सुरु छ । बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन टोलीमा खटिएका इन्जिनियर सन्तोष खड्काले बताए । जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुली, सडक सञ्जाल र सामाजिक विवरणको समेत अध्ययन गरिने बताए ।

यारी क्षेत्र चार हजार चार सय मिटर अग्लो भएको कारण हिउँ पन्छाउन मिल्ने अवस्थाको पनि अध्ययन गरिनेछ ।

उक्त क्षेत्रका कर्णाली करिडोरको सडक पनि जोडिएको र सरकारी जमिन पनि प्रशस्त मात्रामा रहेको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई यस बन्दरगाहबाट व्यापारिक रूपमा टेवा पुग्ने भएको छ ।

बन्दरगाह भने कर्णाली प्रदेशमै पहिलो र व्यापारिक महत्त्व झल्किने छ । हुम्लामा उत्पादन जडीबुटी, फलफूल, तरकारी, काठ सहज रूपमा निकासी गर्ने बाटो खुल्नेछ ।