भक्तपुरको बोडेमा साहुको हत्या, चार जना पक्राउ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

भक्तपुरको बोडेमा साहुको हत्या, चार जना पक्राउ


२९ जेष्ठ २०७९, आइतबार


भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए । प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस