१४ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१४ अङ्कले घट्यो नेप्से


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रवार सेयर बजार १४.६४ अङ्कले घटेको छ ।

बुधवार बढेको बजार बिहीबार र शुक्रवार लगातार घटेको हो । शुक्रवार कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको छ ।

शुक्रवार बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा कारोबारबाट ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।

शुक्रवार कारोबार रकम भने ८९ लाख ४१ हजार २४ हजार ११४ रुपैयाँ कायम भएको छ । शुक्रवार सबै उपसमूहको मूल्य घट्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले गुमाए ।

शुक्रवार उपकार लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर लिमिटेडको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । बलेफी हाइड्रोको मूल्य समेत ९.९८ प्रतिशतले बढेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल, युनाइटेड आइडीआइ मार्दीसहितका कम्पनीको मूल्य बढी घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस