प्रधानमन्त्रीको भान्जालाई बढुवा गर्न सशस्त्रको सूचना हटाएको सांसद अधिकारीको आरोप « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीको भान्जालाई बढुवा गर्न सशस्त्रको सूचना हटाएको सांसद अधिकारीको आरोप


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमाले सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले सशस्त्र प्रहरीमा कार्यरत प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्नका लागि बढुवासम्बन्धी सूचना हटाइएको बताएका छन् ।

गृहमन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्ने सांसद क्रममा अधिकारीले सशस्त्र प्रहरी एसएसपी बढुवासम्बन्धी सूचना हटाइएको बताए ।

उनले भने, ‘यो विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्बन्धी सबै ठाउँमा आएको छ । गृहमन्त्रीज्यू यसमा सहमति हुनुहुन्छ वा हुनुहुन्न, गृहमन्त्रालय छ कि छैन । विज्ञापन प्रकाशित गर्ने ठाउँमा उहाँहरू हुनुहुन्छ कि हुनुहुन्न ? प्रधानमन्त्रीको साख्खै भान्जा पर्ने धेरै जुनियर र तान्नु पर्ने भएकाले एकाएक वेबसाइटबाट यो सूचना हटाइएको जानकारी छ ।’अधिकारीले अहिलेजसरी गृह प्रशासन चल्न नसक्ने बताए ।

अधिकारीले प्रश्न गरे, ‘गृह प्रशासनमा बसेर न्याय दिनुपर्ने ठाउँमा रहेका पदाधिकारीहरुलाई यहाँसम्मको अत्याचार प्रधानमन्त्रीको कार्यालयमा हुक्के चिलिमे बैठकेको नातेदार पर्‍यो भन्दैमा निकालको सूचना एकाएक हटाइन्छ भने गृह मन्त्रालयलाई यो पैसा किन चाहियो ?’

Tags :
प्रतिक्रिया दिनुहोस