एआईजी पोखरेलले फेरि मागे बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एआईजी पोखरेलले फेरि मागे बिदा


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरेपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले एक महिनाका लागि लिएको बिदा सकिएको छ ।

तर उनले फेरि आफूलाई १० दिन बिदा चाहिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएका छन् ।

आफ्ना एक जना सहयोगीमार्फत पोखरेलले बिदाका लागि निवेदन दिएका हुन् । सरकारले आफूभन्दा कनिष्ठ एआईजी सिंहलाई आइजिपीमा बढुवा गरेको भन्दै असन्तुष्टि जनाएर उनी १८ वैशाखदेखि एक महिनाका लागि बिदा बसेका थिए ।

अर्का एआईजी सहकुल बहादुर थापाले पनि १० दिनका लागि बिदा लिएका थिए । तर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर उनी काममा फर्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस