मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेका चार जना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरू पद्माकुमारी अर्याल, बिमला विक, लालबाबु पण्डित र गोकुलप्रसाद बास्कोटाले सो प्रस्ताव गरेका हुन् ।

बैठकमा प्रस्तुत विनियोजन विधेयक-२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस