अब नेपालमा रहेका भारतीय नागरिकले आफ्नो विवरण दर्ता गराउनु पर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अब नेपालमा रहेका भारतीय नागरिकले आफ्नो विवरण दर्ता गराउनु पर्ने


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौँस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ ।

काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले विवरण दर्ता गराउनु अनिवार्य छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ ।

दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आइडी कार्ड), जागिर-विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

हेर्नुहोस् भारतीय दूतावासको सूचना :-

Tags :
प्रतिक्रिया दिनुहोस