ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त


२४ जेष्ठ २०७९, मंगलबार


लन्डन । ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन् ।

उनका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।

सम्बन्धित समाचार : बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

उनीप्रति विश्वास छ भने विश्वासको मतको पक्षमा यहाँका २११ जना सांसदले मत दिएका छन् । उनको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

यो सँगै अब उनी एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । हिजोको मतदानमा उनको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए ।

प्रधानमन्त्री जोनसनले विश्वास मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको बताएका छन् । उनले सो नतिजालाई निर्णायक भनेका छन् । उनले उक्त नतिजा आफ्ना लागि धेरै राम्रो भएको बताएका थिए ।

यो नतिजासँगै उनी अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ । उता आलोचकहरूले भने उनका विरुद्धमा पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उनका अधिकारहरुमा पनि कटौती हुनसक्ने बताएका छन् ।

आफ्नो पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि उनलाई कतिपयले राजीनामा दिन पनि आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस