एमालेले कारबाही गरेका खेम मिश्रलाई देउवाले गरे स्वागत « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एमालेले कारबाही गरेका खेम मिश्रलाई देउवाले गरे स्वागत


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास नेपाली काँग्रेसको पार्टी कार्यालयमा रूपान्तरण हुने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधिले प्रधानमन्त्रीको सरकारी निवास काँग्रेसको कार्यालय हुने अवस्थामा पुगेको हो ।

सोमबार मात्र प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस प्रवेशको कार्यक्रम भयो । सो अवसरमा नेकपा एमालेको कारबाहीमा परेका ओखलढुङ्गाका एमाले नेता खेम मिश्र काँग्रेसमा प्रवेश गरेका छन् ।

मिश्र कारबाहीमा पर्नुअघि नेकपा एमाले चम्पादेवी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटी ओखलढुङ्गाका सचिवालय सदस्य रहेका थिए । उनीसँगै एमाले ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चका सदस्य कविता मिश्र (अधिकारी) सोमबार काँग्रेसमा प्रवेश गरेकी छिन ।

पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले समन्वय गरेर मिश्रलाई काँग्रेस प्रवेश गराएका हुन् । स्थानीय निर्वाचनमा बागी उठेपछि मिश्रलाई एमालेले कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस