बिदाको दिन चलाइएका १४ सरकारी गाडी नियन्त्रणमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बिदाको दिन चलाइएका १४ सरकारी गाडी नियन्त्रणमा


२२ जेष्ठ २०७९, आइतबार


जनकपुरधाम । सार्वजनिक बिदाका दिन पनि चलाएको भन्दै मधेसको राजधानी जनकपुरधाममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

जनकपुरधाममा ठाउँ–ठाउँमा सरकारी गाडी नियन्त्रणमा लिन प्रहरी परिचालन भएका छन् ।

ट्राफिक प्रहरी प्रमुख तथा इन्स्पेक्टर चन्द्रभुषण यादवले हिजो र आज गरी १४ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले भने, ‘बिदाका दिन चल्ने सरकारी नम्बर प्लेटको गाडीलाई कारबाही गर्न जेठ ६ गते पत्र आयो । त्यसपछि कारबाही अभियान नै चलाएका छौँ ।’

नियन्त्रणमा लिएको सरकारी गाडी कार्यालय खुलेको दिन सम्बन्धित कर्मचारी सम्पर्कमा आएपछि सम्झाई बुझाई जिम्मा लगाउने इन्स्पेक्टर यादवको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस