बैतडीमा बजेट : सबैभन्दा बढी पाटनमा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बैतडीमा बजेट : सबैभन्दा बढी पाटनमा


२१ जेष्ठ २०७९, शनिबार


बैतडी । सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८९/८० को बजेटअनुसार सबैभन्दा बढी बैतडीको पाटन नगरपालिकामा विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।

यस्तै जिल्लाको दशरथचन्द नगरका लागि ४७ करोड २९ लाख, पुर्चौंडी नगरका लागि ४८ करोड ४९ लाख र मेलौली नगरका लागि ३८ करोड १५ लाख बजेट विनियोजन भएको हो ।

गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ । डिलाशैनी गाउँपालिकाका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि २५ करोड ९९ लाख विनियोजन भएको छ ।

बैतडीमा ६ गाउँपालिका र ४ नगर गरी १० स्थानीय तह छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस