ग्लोबल आईएमई बैङ्कको अत्याधुनिक भवन बन्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्लोबल आईएमई बैङ्कको अत्याधुनिक भवन बन्दै


२१ जेष्ठ २०७९, शनिबार


रत्न नगर । ग्लोबल आईएमई बैङ्क लिमिटेडले ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ ।

भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैङ्कका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे ।

बैङ्क भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैङ्कको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताए । देशकै केन्द्र भागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ ।

तीन कट्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार ६०० वर्ग फुटमा फैलिने छ । दुई तला अन्डरग्राउन्ड र पाँच तला माथि रहने गरी भवनको संरचना निर्माण हुने छ भने भवनको अण्डरग्राउण्डमा पार्किङ हुनेछ ।

भवन शिलान्यास अघि बैङ्कले आफ्नो सयौँ कर्मचारीको सहभागितामा ‘वाकाथन’को आयोजना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस