मेयर बालेन र प्रचण्डबिच भेटवार्ता, के भयो छलफल ?  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेयर बालेन र प्रचण्डबिच भेटवार्ता, के भयो छलफल ? 


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।

काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।

शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहने आश्वासन दिएका थिए । प्रचण्डले भने ‘तपाईँको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईँले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ, त्यसैले हजुरलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ।’

Tags :
प्रतिक्रिया दिनुहोस