वातावरण जोगाउनु सरकारको महत्त्वपूर्ण एजेन्डा हो : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वातावरण जोगाउनु सरकारको महत्त्वपूर्ण एजेन्डा हो : प्रधानमन्त्री देउवा


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेन्डा भएको बताएका छन् ।

शनिबार बिहान थापाथलीमा कान्तिपुर म्याराथनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् ।

तापमान वृद्धिको असर नेपालले पनि भोगिरहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

त्यस्तै नागरिक स्तरमा वातावरणको महत्त्व बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए ।

कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन संकटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन ‘रन द कान्तिपुर हाफ म्याराथन २०२२’ आयोजना गरेको हो । ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौँ संस्करण सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डा हल्लाएसँगै म्याराथन सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस