सङ्घीयता कार्यान्वयनसम्बन्धी संसदीय विशेष समिति गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सङ्घीयता कार्यान्वयनसम्बन्धी संसदीय विशेष समिति गठन


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।

यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मतरुपमा स्वीकृत भएको सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेस गर्न सो विशेष समिति गठन गरिएको हो ।

सांसद डा खिमलाल देवकोटाको संयोजकत्वमा गठित समितिमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा. विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य तोकिएका छन् ।

उक्त विशेष समितिको कार्यविधि कार्य प्रारम्भ गरेको मितिले चार महिना हुनेछ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत उक्त नामावलीसहितको समिति गठनको प्रस्तावलाई बैठकले सहमति जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस