नेपालद्वारा कतारलाई ११८ रनको लक्ष्य « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपालद्वारा कतारलाई ११८ रनको लक्ष्य


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनायो ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली आज जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा छ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।

यस्तै नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ ।

त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस