कपिलवस्तुको वाणगंगा नगरमा विद्यालय, कार्यालय र स्वास्थ्य संस्था आइतबार पनि खुल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कपिलवस्तुको वाणगंगा नगरमा विद्यालय, कार्यालय र स्वास्थ्य संस्था आइतबार पनि खुल्ने


१९ जेष्ठ २०७९, बिहिबार


बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार विद्यालय, नगरपालिका मातहतका कार्यालय र स्वास्थ्य संस्था आइतबार बन्द नगर्ने निर्णय गरेको छ ।

नगरपालिका र सरोकारवालाबीच आज (बिहीबार) भएको बैठकमा आइतबार कार्यालय बन्द गर्दा विद्यार्थीको पढाई प्रभावित हुने तथा सेवाग्राही र बिरामी मर्कामा पर्ने भएकाले विद्यालय, कार्यालय र स्वास्थ्य संस्था बन्द नगर्ने निर्णय भएको हो ।

नगरपालिकाभित्रका सामुदायिक र सरकारी विद्यालय, नगरपालिका मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु आइतबार पनि सञ्चालन हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस