प्रधानसेनापति असार पहिलो साता विदेश भ्रमणमा जाँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानसेनापति असार पहिलो साता विदेश भ्रमणमा जाँदै


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता विदेश भ्रमणमा जाने भएका छन् ।

उनी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरुको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणको समयमा प्रधानसेनापति शर्मा लगायतका भ्रमण टोलीले ती मिसनहरुको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्था लगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने छन् ।

निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनुका साथै उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

उक्त भ्रमणपछि प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस