काठमाडौँ ल्याइयो विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काठमाडौँ ल्याइयो विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइएको छ ।

तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ । ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको जानकारी गराएको छ ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।

त्यस्तै संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस