काँग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काँग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सो विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुका निधन भएको थियो ।

काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज एक विज्ञप्तिमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि काँग्रेसले नेपाल सरकारसँग माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस