काठमाडौँका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् ।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डङ्गोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् ।

त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् ।

काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार मेयर साह र उपमेयर डङ्गोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस