काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा, देशभरको मौसम यस्तो छ ! « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा, देशभरको मौसम यस्तो छ !


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा सोमबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

सोमबार बिहानैदेखि काठमाडौँ, ललितपुर, भक्तपुरका साथै अन्य क्षेत्रहरूमा पनि वर्षा हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ।

विभागका अनुसार बागमती प्रदेशसहित गण्डकी, मधेस र प्रदेश १ का थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार अहिले नेपालमा तीन प्रकारका वायु चलायमान छन्।

जसको प्रभावस्वरुप विगत केही दिनअघिदेखि वर्षा भइरहेको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागको मौसम सफा रहने विभागले जानकारी दिएको छ।

बागमती प्रदेशसहित गण्डकी, मधेस र प्रदेश १ का थोरै स्थानमा आज राति पनि पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।

मङ्गलवार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस