वाग्मती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वाग्मती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ। वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

यही वैशाख १३ गतेदेखि वाग्मती प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । यो बजेट अधिवेशन हो ।

चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए । पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।

सोही दिनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सालिकराम जमरकट्टेले विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा प्रदेशसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस