छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या


१५ जेष्ठ २०७९, आइतबार


डाडु । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् ।

पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् ।

श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ ।

बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भान्जी हुमेरालाई रु एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् ।

यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् ।

बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबिन शीघ्र सुरु हुने प्रहरीले जनाएको छ । सेहवान अस्पतालमा पोस्टमार्टमपछि बबली जसकानीको शव आफन्तलाई बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस