सम्पर्कविहीन तारा एयरको विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइयो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सम्पर्कविहीन तारा एयरको विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइयो


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ ।

उनले तारा -एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् ।

पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधा घण्टादेखि सम्पर्कविहीन भएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो ।

१०ः३५ सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।

सम्बन्धित समाचार : पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन

Tags :
प्रतिक्रिया दिनुहोस