पोखरा महानगरका नवनिर्वाचित प्रमुख आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पोखरा महानगरका नवनिर्वाचित प्रमुख आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो ।

आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठुलो सङ्ख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस