काठमाडौँ विश्वविद्यालयका एक हजार ७१२ विद्यार्थी दीक्षित हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ विश्वविद्यालयका एक हजार ७१२ विद्यार्थी दीक्षित हुँदै


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । काठमाडौं विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न सङ्कायका गरी एक हजार सात सय १२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् ।

कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, मालदिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका एक सय ५७ रहेका छन् ।

कार्यक्रममा पाँच जनालाई काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलो पटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार तीन सय ३६ उत्तीर्ण हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस