आइपिएल : बैंगलोरलाई हराउँदै राजस्थान १४ वर्षपछि फाइनलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइपिएल : बैंगलोरलाई हराउँदै राजस्थान १४ वर्षपछि फाइनलमा


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । जोस बटलरको शतकको मद्दतले आइपिएलको दोस्रो क्वालिफायरमा बैंग्लोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको छ । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए ।

राजस्थान रोयल्स सन् २००८ पछि पहिलो पटक आइपिएलको फाइनलमा पुगेको हो । सन् २००८ मा सेन वार्नको कप्तानीमा राजस्थानले पहिलो पटक यो प्रतियोगिता जितेको थियो।

टस जितेर राजस्थानका कप्तान सञ्जु सामसनले बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा राजस्थानका ओपनर जोस बटलर र यशस्वी जैसवालले द्रुत सुरुवात गर्दै पहिलो पाँच ओभरमा ६१ रन जोडे पनि छैटौँ ओभरको पहिलो बलमा जोस हेजलउडले यो जोडी तोडेका थिए ।

यस बलमा यशस्वी जैसवालले १३ बलमा २१ रन बनाएर विराट कोहलीलाई टी-२० क्रिकेटमा आफ्नो १५० औँ क्याच दिए । त्यसपछि कप्तान सञ्जु सामसन पिचमा आए र २१ बलमा २३ रन बनाए । बटलरसँग सञ्जुले ३९ बलमा ५२ रन जोडे।

यसपछि जोस बटलरले पनि यस आइपिएलमा आफ्नो ८०० रन पूरा गरे र टोलीलाई सजिलै सात विकेटले जित दिलाए। बटलरले ५९ बलमा शतक बनाए र छक्का लगाएर टोलीलाई जित दिलाए । योसँगै राजस्थान १४ वर्षपछि पहिलो पटक आइपिएलको फाइनलमा पुगेको छ । बैंगलोरका लागि जोस हेजलवुडले दुई विकेट लिए भने वानिन्दु हसरंगाले कप्तान सञ्जु सामसनलाई आउट गरे ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले रजत पाटीदारको अर्धशतकको मद्दतले राजस्थानलाई १ सय ५८ रनको लक्ष्य दिएको थियो । पाटीदारले ५८ रन बनाए । डु प्लेसिसले २५ र विराटले मात्र ७ रन बनाए । योसँगै ग्लेन म्याक्सवेलले आफ्नो छोटो तर तीव्र पारीमा १३ बलमा २४ रनको योगदान दिए ।

राजस्थानका लागि प्रसिद्ध कृष्णा र ओब्द मेकोयले तीन-तीन विकेट लिए । योसँगै ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक-एक विकेट लिए । अब आइपिएलको फाइनलमा राजस्थानले गुजरातको सामना गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस