त्रास देखाएर ७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रास देखाएर ७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ७ जनालाई पक्राउ गरेको छ ।

योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगाका २१ वर्षका सुजन आचार्य, कालीकोटका २९ वर्षका टेक विक, बझाङका २९ वर्षका धर्मराज थापा, काभ्रेपलान्चोकका ३३ वर्षका उमेश भण्डारी, गुल्मीकी २९ वर्षकी बसन्ता खनाल, चितवनका ३२ वर्षका सुरज शर्मा र काठमाडौँ सिनामंगलका ३३ वर्ष श्रवण कार्की रहेका छन् ।

उनीहरुलाई आपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसर पठाइएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस